Logo

राजपाले काठमाडौंमा मनायो कालो दिवस, मोदीझैं शक्ति सञ्चय गर्ने घोषणा



काठमाडौं, ३ असोज । राजपाले संविधान दिवसलाई कालो दिनको रुपमा मनाएको छ । आज पार्टी कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द राय यादवको प्रमुख आतित्थ्यमा कालो दिवस मनाएको हो ।

 

उक्त कार्यक्रममा महेन्द्र यादवले समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव कालो दिन मनाउनुपर्नेमा किन विदेश गएको ? भन्दै प्रश्न गरे । उनले भने, उहाँ किन विदेश जानुभयो मलाई थाहा छैन केपी ओलीलाई सोध्नुहोस् ।

केपी ओलीले कुनै पनि हालतमा संविधान संशोधन गरेर मधेशका मुद्दा सम्बोधन नगर्ने उनको दाबी छ । भारतमा मोदीले शक्ति सञ्चय गरेर आफ्नो मक्सद पूर्ण गर्दै छन् त्यसको पाठ सिकेर नेपालका परिवर्तनकारीहरु एक भएर शक्ति सञ्चय गर्नुपर्ने यादवले सुझाए ।

उनले परिवर्तनकारीहरु एक भए हिमाल, पहाड र तराईका जनताले चाहेको समावेशी संविधान बन्ने उनको दाबी छ । उक्त कार्यक्रममा राजपा नेपालका महासचिव केशब झालगायतका नेताहरुको उपस्थिति थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्