Logo

जब सँसारको अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा झलमलाउनेछ



काठमाडौं, ३ असोज । सँसारको अग्लो भवन बुर्ज खालिफा । यसलाई हेर्ने चाहना र उत्सुकता कसमा नहोला । रातको समयमा भवनमा झलमलाइने वत्तीको विशेष महत्व छ । त्यसैले मरभूमिमा बनेको बुर्ज खालिफा हेर्न राति भीड लाग्छ ।

बुर्ज खालिफामा आजको रात नेपालीका लागि विशेष हुनेछ । त्यहाँ नेपाली झण्डा झलमलाइँदैछ । संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले दुबईस्थित बुर्ज खालिफामा नेपाली झण्डा झलमलाइने जनाएको छ ।

स्थानीय समयानुसार ९ बजेर १० मिनेट जाँदा झण्डा झलमलाइन लागिएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ का अवसरमा झण्डा पहिलोपटक बुर्ज खालिफामा झलमलाइन लागिएको उल्लेख छ । तस्बिर स्रोत: नेपाली दूतावास युएई



प्रतिक्रिया दिनुहोस्