Logo

जब बुर्ज खालिफामा नेपाली झण्डा झलमलायो… (भिडियोसहित)



रिपोर्टर्स नेपाल, ४ असोज । नेपाल ! नेपाल ! नेपाल ! सँसारको अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा झलमलाउँदा नेपालीहरु खुशीले भन्न थाले । गइराति युनाइटेड अरब इमिरेट्सको समय अनुसार ९ बजेर १० मिनेटमा बुर्ज खालिफाको भित्तामा नेपाली झण्डा झलमलाएको थियो ।

संविधान दिवसको अवसर पारेर बुर्ज खालिफामा नेपाली भण्डा भलमलाउने सूचना पाएर हजारौं नेपाली पुगेका थिए । उनीहरु देशको झण्डा पहिलोपटक बुर्ज खालिफामा देख्न पाउँदा उत्साही थिए । परदेशबाट देशलाई सम्झिरहेका थिए ।

 

भवनको आकर्षक प्रकाशमा नेपाली झण्डा खुबै सुहाएको थियो । संसारभरका मानिसहरुको हेर्ने चाहना र उत्सुकता रहेको भवनमा रातो र चन्द्र सूर्य अंकित नेपाली झण्डाले बुर्ज खालिफालाई अझ आकर्षक बनाइदियो । नेपालीहरुको उल्लेख्य उपस्थितिले वरिपरिको माहोल बदलिएको थियो ।

रातको समयमा भवनमा झलमलाइने वत्तीको विशेष महत्व छ । त्यसैले रेगिस्तानमा बनेको बुर्ज खालिफा हेर्न राति भीड लाग्छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ का अवसरमा झण्डा पहिलोपटक बुर्ज खालिफामा झलमलाइन लागिएको हो ।

हेर्नुहोस् भिडियो:

 

तस्बिर स्रोतः नेपाली राजदूतावास युएइ



प्रतिक्रिया दिनुहोस्