Logo

‘राजकुमारसँग सम्बन्ध राख्दा १७ वर्षकी थिएँ’



‘मलाईं सम्बन्धकै लागि अमेरिकाबाट बेलायत पुर्यायएको थियो र त्यतिबेला म मात्र १७ वर्षकी थिएँ,’ बेलायती महारानी एलिजावेथका छोरा राजकुमार एन्ड्रयुमाथि दुव्र्यवहारको आरोप लगाउने महिलाको भनाई हो यो । उनले शुक्रबार पहिलोपटक टेलिभिजन अन्तवार्ता दिदै आफूमाथि भएको दुव्र्यवहारको घटनाको थप खुलासा गरिन् ।

महिला तस्करी र दुव्र्यवहारको घटनामा मुछिएका अर्वपति इपिस्टिनसँग जोडिएकी भर्जिनिया ग्लुफरेले आफूलाई बाथरुम देखि बेडरुमसँग दुव्र्यवहार गरिंदा मात्र १७ वर्षकी किशोरी अवस्थामा रहेको उल्लेख गरिन् । त्यो घटना मेक्सवेलको घरमा भएको थियो । घिरसाइनी मेक्सवेल इपिस्टिनलाई सहयोग गर्ने बेलायती महिला हुन् । उनैले गिउफरेलाई राजकुमारसँग भेट्न लगिदै गरेको सुनाइएको थियो । जब उनले एन्ड्रयुलाई भेटिन् तब लन्डनको रात्रीक्लबमा लगिइन् जहाँ राजकुमारले भोड्का दिएका थिए । उनले थप खुलासा गरिन् कि राजकुमारसँग कुनै शाही शैली पाइनन् ।

लन्डनमा सम्बन्ध राखेपछि राजकुमार एन्ड्रयुले थप दुई स्थानमा भेटेका थिए । ती दुई स्थान न्युयोर्कस्थित इपिस्टिनको घर र भर्जिन आइल्यान्ड भएको उनको दाबी थियो ।

संभ्रान्तहरुलाई किशोरीहरु व्यवस्था गर्ने सञ्जाल चलाएको अभियोगमा पक्राउ परेका इपिस्टिनले अमेरिकाको जेलमै आत्महत्या गरिसकेका छन् । उनीसँग अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन देखि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत संसारकै हाइप्रोफाइलहरुको नजिकको सम्बन्धका अलावा केटीहरुसँगको सम्बन्धको खुलासाहरु भइरहेका छन् । तर, हाइप्रोफाइलहरुले आरोपको खण्डन गरेका छन् ।-एजेन्सी Photo Source: mamamia & vaintifair



प्रतिक्रिया दिनुहोस्