Logo

यौन दुर्व्यवहार आरोपमा पूर्व मन्त्री पक्राउ



काठमाडौं ४ असोज । यौन दुर्व्यवहार आरोपमा पूर्व मन्त्री पक्राउ परेका छन् । युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ । भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो ।

“चिनमायानन्दलाई उहाँकै घरबाट पक्राउ गरिएको छ, उहाँको स्वास्थ्य अवस्था गम्भीर छ,” चिनमायानन्दका वकिल पूजा सिंहले भनिन् । “उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो । म उहाँको वकिल भएपनि मलाई उहाँसँग भेट्न दिइएको छैन ।”

पक्राउ गरेपछि चिनमायानन्दलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस्