Logo

छ सदस्यीय टोली लिएर सभामुख महरा काजकिस्तानप्रस्थान्



काठमाडौं, ४ असोज । सभामुख कृष्णबहादुर महरा शनिबार काजकिस्तान गएका छन्। युरोसियन मुलुकका सभामुखहरू सहभागी हुने बैठकमा भाग लिन महरासहित नेपालबाट छ सदस्यीय टोली गएको छ।

सेप्टेम्बर २२ देखि २५ सम्म काजकिस्तानको अस्तानमा हुने युरेसियन देशका संसदका सभामुखहरूको चौथो बैठकलाई सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको महराको सचिवालयले जनाएको छ।

सभामुख महरा, सांसद मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, अमृतादेवी अग्रहरि, संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन्। बैठकमा काजकिस्तानका लागि नेपाली महाबाणिज्यदुत बरूण चौधरी र सांसद विनोद चौधरी पनि सहभागी हुनेछन्।

तस्वि सौजन्य : सभामुख महराको सचिवालय 



प्रतिक्रिया दिनुहोस्