Logo

‘मान्छे मार्नेलाई होईन, अब साझा पार्टीलाई जनताले भोट दिन्छन्’



काठमाडौं, ४ असोज । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अबको चुनावमा मान्छे मार्नेलाइृ भोट नदिएर जनताले आफ्नो पार्टीलाई भोट दिने दाबी गरेका छन् । हिजो (शुक्रबार) गोरखामा आयोजित पार्टीकाउ एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

संयोजक मिश्रले भनेका थिए,‘जसले मान्छे मा¥यो, जसले देशको दोहन ग¥यो, जसले जनताको जीवनस्तरमाथि जान दिएन,’ उनले भने, ‘त्यस्ताहरुलाई मत आउने छैन, अबको चुनावमा साझा पार्टी विकल्प होइन, निर्विकल्प हुन्छ ।’

उनले आगामी १५ वर्षभित्रै देशलाई रुपान्तरण गर्न सकिने विश्वास राखेका थिए । उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारले पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्