Logo

हिन्दूराष्ट्र र राजसंस्था स्थापनाका लागि जबरा र लोहनी विदेशमा, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै



काठमाडौं, ४ असोज । राप्रपा (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी दशैंलगत्तै नेपालमा हिन्दूराष्ट्र र राजसंस्था पूर्नस्थापनाको लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि विदेश दौडाहमा निस्किएका छन् ।

अध्यक्ष जबरा यतिवेला भारतको नयाँ दिल्लीमा व्यस्त छन् भने अर्का अध्यक्ष डा. लोहनी अमेरिकामा छन् । स्रोतकाअनुसार दशैं, तिहारलगत्तै नेपालमा हिन्दूराष्ट्रको एजेण्डा कडा रुपमा उठाउनको लागि अध्यक्षद्धय जबरा र लोहनी त्यसतर्फ एकैसाथ उडेका हुन् ।

स्रोतले भन्यो,‘अध्यक्षहरु सेटिङ गर्न विदेश जानुभएको हो । राजनीतिक रुपमा मुभमेन्ट गर्न उहाँहरु गएको भन्ने हामीलाई लागेको छ ।’ भारतीय नेताहरुसँग अध्यक्ष जबराको अत्यन्तै राम्रो सम्बन्ध छ । त्यही भएर उनी नेपालमा हिन्दूराष्ट्रको लविङ गर्न भारतमा राजनीतिक भेटवर्तामा व्यस्त छन् । खासगरी, सत्तारुढ दल भाजपाका नेताहरु भेट्दैछन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासिला नेता राममाधवसँग भेटवार्ताको तयारी थालेका छन् । त्यसपछि उनले रक्षामन्त्रीसमेत रहेका नेता राजनाथ सिंह र गृहमन्त्रीसमेत रहेका अर्का नेता तथा पूर्व अध्यक्ष अमित शाहसँग भेट्ने कार्यक्रम छ ।

उता, अमेरिकामा रहेका लोहनी पनि त्यहाँ रहेका नेपाली समूदायसँग भेटवार्तामा व्यस्त छन् । उनले हिन्दूराष्ट्र र राष्ट्रवादीहरुसँगको भेटवार्तालाई तिव्रता दिईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्