Logo

नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्न गगन थापाको माग



काठमाडौं, ४ असोज । शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले आक्रोश व्यक्त गरेका छन।

भदौ २६ गते बाँकेको खजुरामा कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमणका क्रममा घटनास्थलमै रहेको प्रहरीले केही गर्न नसकेको भन्दै काग्रेसको आपत्ति रहदै आएको छ । उक्त घटनाका दोशीलाई प्रहरीले कानुनी दायरमा ल्याउन नचाहेको भन्दै प्रहरी प्रसाशन नेकपाबाट परिचालित भएको आरोप लगाएका छन् ।

कांग्रेस नेता गगन थापाले नेपाल प्रहरीको नाम अब नेकपा प्रहरी राख्न आग्रह गर्दे घटनास्थलमा प्रहरी हुँदा पनि आक्रमण रोक्न पहल गरेन र घटना पश्चात पनि घटनालाई ढाक छेप गर्न लागी परेको जनाएका छन् ।

उनले गृहमन्त्री रामबहादुर थापाले नै तथ्यलाई तोडमोड मोडेर अपराधीको नाम लुकाउने कार्य गरिरहेको आरोप लगाए । काग्रेसले उक्त घटनाको सत्य तथ्य सहित दोशीलाई कार्वाहिको माग गर्दे संसद् अवरुद्व गर्दे आएको छ ।



प्रतिक्रिया दिनुहोस्