Logo

तनहुँको आँबुखैरेनी तनावग्रस्त



तनहुँ, ४ असोज । शनिवार विहान आँबुखैरेनीस्थित पेट्रोल पम्प नजिकै डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको लु १ ख ८००२ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा गोरखा शहिदलखन गाउँपालिका २ घर भई हाल आँबुखैरनी बजारमा बस्दै आएका २८ वर्षीय यम बहादुर थापाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्थ भएको छ ।

सवारी दुर्घटना गराउने चालकलाई कारवाही तथा मृतकलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले पृथ्वी राजमार्गको आँबुखैरेनी सडक खण्ड अवरुद्ध गरेका छन्।

बसका चालक फरार भएपछि मृतकको परिवारलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै पीडित पक्षले राजमार्ग अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध भएपछि हजारौ यात्र् अलपत्रमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्