Logo

प्याजको मूल्यमा नयाँ किर्तिमान-प्रतिकेजी १३०



काठमाडौं, ४ असोज । प्याजको मूल्य प्रतिकेजी १३० रुपैयाँ पुगेको छ । शनिबार खुद्रामा प्रतिकेजी १३० रुपैयाँले विक्री भएको हो । यो अहिलेसम्मकै उच्च हो ।

सरकारले महङ्गी नियन्त्रण गर्ने बताइरहँदा प्याजको मूल्य एक महिनाभित्र चार गुणाले वृद्धि भएको हो । यसअघि प्याज ३५ देखि ४० रुपैयाँ प्रतिकेजीले विक्री हुँदै आएको थियो । उपभोक्ताको भान्छामा दैनिक प्रयोग हुने प्याजको मूल्य वृद्धिले घर घरको बजेटमा समेत असर पर्न थालेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले जारी गरेको मूल्य सूची अनुसार प्याजको खुद्रा मूल्य १३० रुपैयाँ पुगेको हो ।
प्याजको मूल्य बढ्नुमा देशभित्र उत्पादन कम हुनु र भारतबाट आयात हुने प्याजमा भन्सारमा कडाई हुनु कारण बनेको छ । प्याजका व्यापारीहरुले आयातका लागि अग्रिम रकम जम्मा गर्नुपर्ने अवस्था रहेको बुझिएको छ । व्यापारीहरुले ५० देखि एक करोडसम्म जम्मा गर्नुपर्ने अवस्थाका कारण पनि मूल्यमा असर परेको हो ।



प्रतिक्रिया दिनुहोस्