Logo

भ्रष्टाचार बढेको छैन-नारायणकाजी श्रेष्ठ



नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ संविधान कार्यान्वयनका पक्षमा देश सही दिशामा बढिरहेको बताएका छन् । उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा गरेको कुराकानी:
गणतान्त्रिक संविधान बनेको ४ वर्ष भयो कार्यान्वयनमा हामी कहाँ चुक्यौं ?
संविधान कार्यान्वयनको सकारात्मक पक्षमै अगाडि बढिरहेको छ । यो संविधानमा जसरी जनताले सुखपूर्ण जीवन व्यतित गर्न पाइन्छ भनेर ठूलो अपेक्षा गरेका हुन् । त्यसैले यसलाई अभैm बढी व्यवस्थित, व्यवहारिक र कार्यान्वयनको पक्षमा ुचुस्तता ल्याउनुपर्ने आवश्यक छ । तर मुलतः हामी संविधान कार्यान्वयनको पक्षमा सही दिशातिर अगाडि बढिरहेका छौं ।
तर यसमा जनगुनासो त आइरह्यो किन ?
संविधान कार्यान्वयको पहल त सरकारले एदमै राम्रोसँग गरेको छ । यसलाई हामीले प्रस्टै देखिरहेका छौं । संविधानको सही कार्यान्वयको पक्षमा सरकार गएको छैन भन्नु भ्रामक र गलत प्रचार हो । संविधान कार्यान्वयन गरेर जनताले आफ्नै जीवननै परिवर्तनका निम्ति जे अपेक्षा गरेका थिए । यो डेढ वर्षमा नै सबै पूरा गर्ने स्थिति छैन । दोस्रो सरकारले अभैm आत्मसमीक्षा गरेर सच्याएर अभैm प्रभावकारी ढंगले काम गर्नुपर्ने त्यो हुन नसकेकोमा गुनासो राखेको हुनुपर्छ । त्यो टिप्पणीलाई सरकारले स्वात गर्नुपर्छ । तर, संविधान कार्यान्वयनको पक्षमै छैन भन्ने कुरा सत्य होइन । जहाँसम्म संविधान संशोधनको कुरा छ । यो एजेन्डालाई सरकारले सकारात्मक रुपमा लिन्छ । किन भने यो संविधान त्यस्तो गतिशील दस्तावेज हो जसले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र जनतामा निहीत सार्वभौमसत्ता बाहेक सबै कुरा परिवर्तनशील छन् । संविधान संशोधन गरेर नै परिवर्तन गर्न सकिन्छ भनेर प्रस्त पारेको छ । त्यसैले संविधान संशोधन गर्न सकिन्छ, यसको महत्वपूर्ण विशेषतामध्ये त्यो हो । तर, संविधान संशोधन गर्दा के कुरामा आवश्यकता भनेर सबै राजनीतिक पार्टी र सरोकारवाला शक्तिहरु जनतालाई आवास हुने गरी एउटा निष्कर्षमा पुग्न जरुरी छ ।
सरकार संविधान अनुसार हिँडेन भनेर धेरै आलोचना गरिरहेका छन् नि ?
यो संविधानमार्पmत संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेसी समाजवाद उन्तमुख लोकतन्त्र हो । यसमा दुईवटा कुरा हामीले बुझ्नुपर्छ । पहिलो यो संघीय लोकतान्त्रिक गणतन्त्र जुन सत्ता र प्रवृत्तिलाई विस्थापित गरेर स्थापित भयो । त्यो प्रवृत्ति पनि यो वा त्यो रुपमा नेपाली समाजमा बाँचिराखेकै छन् । उनीहरुले नै उल्टो यो संविधान कार्यान्वयन भएन भनेर आवाज उठाइरहेका छन् । दोस्रो कुरा यो लोकतन्त्र हो र संविधान कार्यान्वयको प्रक्रियालाई अभैm राम्रोसँग अगाडि बढाउन सकिन्थ्यो भनेर लाग्ने वा आफ्नो राजनीतिक स्वार्थका निम्ति प्रतिपक्षलेहरुले त्यस्तो प्रचार गर्ने गरेको कुरालाई पनि हामीले अस्वभाविक रपमा लिनु हुँदैन । लोकतन्त्रमा त्यस्तो अलिअलि भइनै रहन्छ । त्यसैले संविधान कार्यान्वयनको पक्षमा हामी सही र सकारात्मक रुपमा अगाडि बढिरहेका छौं ।
सरकारक लोकतान्त्रिक ढंगले अगाडि बढेको छैन भनिन्छ नि ?
नेपालको लोकतन्त्रले जुन प्रकारको प्रणाली र अधिकारलाई स्थापित गरेको छ । सबै कुरामा सहमति त हुन सक्ने भएन । तर हामीले दशकौं संघर्ष गरेर जुन राजनीतिक परिवर्तन ल्याएका छौं । त्यो परिवर्तनलाई संस्थागत ग¥यौं तर यसलाई अझ बढी सुदृढिकरण गर्न हामी अभैm एकताबद्ध हुनुपर्ने आवश्यक छ । यसलाई कार्यान्वयन गरेर अगाडि बढ्ने सन्दर्भमा विभिन्न राजनीतिक पार्टीहरुले आ–आफ्नो दर्शन, विचार, सिद्धान्त र कार्यक्रमको आधारमा आ–आफ्नो विचारहरु प्रस्तुत गर्नुलाई हामीले स्वाभाविक रुपमा लिनुपर्छ । फेरि सबै कुरामा एकताको आशा गर्नुहुँदैन । त्यसो भएको भए लोकतन्त्रको निम्ति नै हामी संघर्ष गर्दैन थियौं । तर, आधारभूत प्रश्नहरुमा पहिलो संविधानद्वारा प्रस्तुत गरिएको लोकतन्त्रमा दोस्रो राष्ट्रियता र तेस्रो नेपाली समाजलाई आर्थिक क्रान्तिको नयाँ चरणमा प्रवेश गराउने सन्दर्भमा राष्ट्रिय सहमतिको आवश्यकता छ ।
शान्ति प्रक्रिया निश्कर्षमा पु¥याउन राष्ट्रिय सहमतिको आवश्यकता छ ?
शान्ति प्रक्रियाको बाँकी कार्यभार, संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार जो सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगद्वारा द्वारा पुरा गरिनुपर्छ । यसलाई ठीक ढंगले समयमै पूरा गर्ने वातावरण तयार गर्न राजनीतिक पार्टी, सरकार र प्रतिपक्षको महत्वपूर्ण भूमिका हुनुपर्छ ।
संविधानले दिएको कुरा लागु गर्न किन हामी चुकिरहेका र्छौं ?
लामो समयसम्म राजनीतिमा लाग्दै गर्दा यसको प्रणालीमा परिवर्तन, निरंकुश साशनको अन्त्य र लोकतन्त्रको उदय भएपछि नेपाली जनताको ठूलो अपेक्षा गरेका छन् । उनीहरुमा अब हाम्रो जीवन पुरै परिवर्तन हुन्छ र समृद्ध राष्ट्र बन्छ भन्ने शाखा छ । अपेक्षा यति धेरै छ कि त्यो एक, डेढ वर्षमै पूरा गर्ने स्थिति छैन । दोस्रो हामीले यो बीचमा त्यो अपेक्षा पूरा गर्ने गरी सामाजिक, आर्थिक र राजनीतिक न्यायसहितको समृद्धि स्थापित गर्ने दिशा सही पक्रेका छौं कि छैनौं भनेर बुझ्नुपर्ने हुृन्छ । त्यो गर्न स्वतन्त्र रराष्ट्र नीतिको कुरा, संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, सम्प्रभूता जस्ता नागरिकका मौलिक अधिकारलाई कार्यान्वयन गर्न कानुनहरु बनाएका छौं । आवासीय कानुन, वित्तिय व्यवस्थापन, र कर्मचारी व्यवस्थापन गर्ने कुरामा सही दिशातिर अगाडि बढेका छौं । कतिपय विकासका योजनाहरुलाई रणनीतिक रुपले अगाडि बढाइएको छ । तत्कालीक रुपमा पनि केही राहत र विकासका योजना अगाडि बढाइएका छन् । तेस्रो कुरा जनताको आलोचनालाई सकारात्मक रुपले लिनुपर्छ । किन भने दुईतिाई बहुमतको कम्युनिस्ट सरकार पहिलाको भन्दा गुणत्मक ढंगले चल्नुपथ्र्यो आशा लिनु स्वाभाविक हो । आचरणमा, भ्रष्टाचार विवारणमा, विकृति, विसंगतिको निर्मुल जस्ता विषयमा भिन्न ढंगले अगाडि जानुपर्ने भरोसा राखेको हुनुपर्छ । आशा र भरोसा गरेको जति नभएको हुन सक्छ । जनताले शाखा गरेको जत्तिकै नभए पनि अहिलेको भन्दा प्रभावकारी ढंगले अगाडि बढ्नेपर्ने आवश्यकता छ ।
तर मुलुकमा भ्रष्टाचार त ह्वात्तै बढेको छ नि ?
भ्रष्टाचार बढेको छ म भन्दिँन । तर, यसलाई निर्मुल पार्ने काममा सन्तुष्ट हुने स्थिति छैन । अभैm हाम्रो कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्