Logo

जेनिफरको यो पहिरनका कारण गुगलले बनाएको थियो गुगल इमेज



यो यस्तो पोशाक हो जसका कारण गुगलले गुगल इमेजको आविष्कार गर्यो । सन् २००० मा ग्रामी अवार्डका क्रममा उनले लगाएको हरियो रंगको पोशाक यति चर्चित भयो कि गुगलमा यसलाई खोजी गर्नेको संख्या बढ्यो ।

अपत्यारिलो तरिकाले तस्बिरको खोजी हुन थाल्यो । लाखौं पटक जेनिफरको पोशाकको खोजी भयो । सामाजिक सञ्जालमा सर्वाधिक खोजी गरिएको सूचीमा परेपछि गुगल इमेज बनाइयो ।

सन् १९९८ मा स्थापना गरिएको गुगलले सन् २००१ सम्म गुगल इमेज आविष्कार गरिसकेको थिएन । जेनिफरको पोशाकले यो अवस्था निर्माण गर्यो ।

जेनिफर फेरि त्यही पोशाकमा प्रस्तुत भइन् । शुक्रबार ५० वर्षीया जेनिफरले पुनः त्यही पोशाक लगाएर रयाम्पमा सहभागी भइन् । यसलाई २० लाखभन्दा बढी पटक खोजी गरिसकिएको छ । जेनिफरको क्रेज ह्वात्तै बढेको छ ।-एजेन्सी Photo Source: yahoo @ variety



प्रतिक्रिया दिनुहोस्