Logo

हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा दशैंको शुभकामना आदानप्रदान



संस्थाको प्रगतिको लागि सामूहि प्रयास आवश्यक
काठमाडौं, ४ असोज । धनुषा गणेशमान चारनाथ नगरपालिका गोदारस्थित् ‘हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ ले दशैं, तिहार, नेपाल सम्वत् ११४० तथा छठ पर्वको अवसरमा काठमाडौंमा संस्थाका सेयरधनी, वचतकर्ता, शुभचिन्तक तथा शुभेच्छुकबीच शुभकामना आदान प्रदान गरेर मनाएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर उक्त सहकारीले शुभकामना आदानप्रदान गरेको हो । संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार पवन कुमार घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष रितबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमा संस्थाका सल्लाहकारहरु तिलकबहादुर श्रेष्ठ, सन्तोष कुमार पौडेल, शैलेन्द्र कुमार मानन्धर (स्वप्नवाटिका कलेज, बुद्धनगर–का प्रशासन प्रमुख), संस्थाका सचिव ज्ञानेन्द्रनाथ श्रेष्ठ, कोषाध्यक्ष भगतबहादुर श्रेष्ठ र ऋण संयोजक पुरुषोत्तम खड्काले शुभकामना दिएका थिए ।

संस्थाका सचिव ज्ञानेन्द्रनाथ श्रेष्ठले सचिवले संस्थाको प्रगति विवरण पेश गरेका थिए भने कोषाध्यक्षले आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यस्तै, कार्यक्रममा संस्थाको सामूहिक प्रतिनिधित्व गर्दै संस्थाकै पूर्व उपाध्यक्ष बालकृष्ण उपाध्यायले शुभकामना दिएका थिए ।
उनले संस्थाको श्रीवृद्धि, स्तरोन्नती र प्रगति गर्नको लागि सामूहिक भेटवार्ता गरिरहनुपर्नेमा जोड दिए । त्यस्तै, उनले संस्थाको हितको लागि सबैको सामूहिक प्रयास हुनुपर्नेपनि धारणा राखेका थिए ।

संस्थाका सल्लाहकार सन्तोषकुमार पौडेलले संस्थाको गत वर्षभन्दा यसपटक प्रगति भएको सुनाए । रिपोर्टर्स क्लब नेपालमा कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गरेकोमा पनि उनले खुशी व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठकाअनुसार संस्थामा हाल कुल बचत चार लाख ९३ हजार ७ सय सत्र रहेको छ । त्यस्तै, संस्थाले हाल ८ लाख ६ सय १३ रुपैयाँ ऋण लगानी गरेको भने यसको शेयर पुँजी २ लाख ५४ हजार छ ।

कोषाध्यक्ष भगतबहादुर श्रेष्ठले दिएको जानकारीअनुसार हाल संस्थामा जगेडा कोष २५ हजार एक सय तेत्तिस रुपैयाँ रहेको छ भने अन्य कोषमा ७८ हजार ९ सय १२ रुपैयाँ छ । आजको कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी तथा एबिसी टेलिभिजनकी समाचारवाचिका सचिता बुढाथोकीले गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्