Logo

मुख्यमन्त्री शाहीको आरोप : नेकपाका नेताहरुमै अराजक प्रवृत्ति हाबी भयो



सुर्खेत, ४ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी्भित्र अराजकता बढेको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी सङ्गठनको प्रदेशस्तरीय कमिटी गठन तथा शपथग्रहण कार्यक्रमलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीका जिम्मेवार नेता/कार्यकर्ताहरुले भेटेर सुझाव दिनुको साटो सामाजिक सञ्जालमा सरकारको विरोध गर्ने गरेकोप्रति गुनासो गरे । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पार्टी नेताहरुमै अराजक प्रवृत्ति हाबी भएकाले लगाम कसले लगाउने ? भनी प्रश्न गरे ।

“नेकपा अनैतिक व्यक्तिको जमघट गर्ने थलो होइन, घोषणापत्रअनुसार काम नभएको भए पार्टीले फिर्ता गर्नुपर्छ”, उनले भने, “पार्टीका नेता÷कार्यकर्ताले सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ, सरकार नेकपाकै हो, सरकारको मात्रै असफलता हुँदैन्, यसमा पार्टी पनि भविष्य जोडिएको छ ।” मुख्यमन्त्री शाहीले विगतमा जस्तो बजेट बाँड्ने तर काम नहुने प्रथाको अन्त्य गर्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्