Logo

महेश बस्नेतको दाबी : नेपालको संविधान विश्वकै उत्कृष्ट छ



काठमाडौं, ४ असोज । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन् । संविधान दिवसको अवसरमा मध्यपुरथिमिमा रहेको राधेरोधस्थित भक्ति मन्दिर श्यामाश्यामधाममा राधा–माधव समितिले आज आयोजना गरेको कार्यक्रममा झण्डोत्तोलन गर्दै सांसद बस्नेतले यस्तो बताएका हुन् ।

उनले संविधानमा कुनै रङ्ग नभएकाले यसलाई राजनीतिक रङ्ग दिन नहुने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले वर्तमान संविधान नेकपा, नेपाली काङ्ग्रेस, राजपालगायतका कुनै पनि एउटा राजनीतिक दलले भनेजस्तो संविधान नभई आम नेपाली जनताले भनेजस्तो र चाहेजस्तो विश्वकै उत्कृष्ट संविधान बनेको बताए ।

उनले मुलुकको समृद्धिका लागि अगाडि बढ्नुको विकल्प नभएको भन्दै लोकतान्त्रिक समाजवादउन्मुख संविधानको निर्माणसँगै लामो समयसम्म रहेको सामन्तवादको समूल नष्ट गर्दै मुलुकलाई नयाँ बाटोमा अघि बढ्ने आधार निर्माण गरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्