Logo

झलनाथको टिप्पणी : ओलीलाई कर्मचारीले टेरेनन्



काठमाडौं, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारलाई कर्मचारी तथा प्रशासनतन्त्रले नटेरेको भन्दै दुःख पोखेका छन् ।

उनले मुलुकमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेकाले अब आर्थिक विकासमा जुट्नुपर्ने बताए । लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा सङ्ग्रहको विमोचन गर्दै उनले सिङ्गो मुलुक समाजवादी बाटोतिर अघि बढ्नुको कुनै विकल्प नभएको बताए ।

उनले भने,“समाजवादतर्फ अघि बढ्न नीति, सिद्धान्त र व्यवहारले हाम्रो पार्टी स्पष्ट हुनुपर्छ ।” नेपाली समाजलाई दलाल पूँजीवादले नराम्ररी प्रभावित बनाएको उल्लेख गर्दै खनालले दुईतिहाई बहुमतको सरकारलाई पनि कर्मचारीतन्त्र र प्रशासनले नटेर्नु दुःखद् भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्