Logo

साउदी अरब र इरानबीच युद्धको खतरा



साउदी अरब र इरानका अधिकारीहरुबाट शनिबार कडा भनाईहरु सार्वजनिक भए । यो युद्धको खतरा बढाउने भनाई थियो ।
इरानी सेनाका मेजर जनरल होसेन सलामीले आफ्नो देशमाथि आक्रमण गर्ने कुनैपनि देशलाई ध्वस्त पारिदिने अभिव्यक्ति दिए । इरानले अमेरिका र साउदी अरबबाट आक्रमणको चेतावनी पाइरहँदा इरानी सेनाका अधिकारीको भनाई आएको हो ।

शनिबार नै साउदी अरबका विदेश राज्यमन्त्री अदिल अल जुबेरले गत शनिबारको तेल प्रशोधन केन्द्रमा भएको हमलामा इरानको भूमिका प्रमाणित भए उपयुक्त कदम चाल्ने चेतावनी दिए । उनले आक्रमणको चेतावनी दिए । घटनामा कस्को भूमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको उनको भनाई थियो । आक्रमण यमनबाट नभई उत्तरतर्फबाट भएको जुबेरको दाबी थियो । साउदी अरबको उत्तरतर्फ इरान पर्दछ ।

एकै दिन दुवै देशका अधिकारीहरुको भनाई आउनुअघि अमेरिकाले साउदी अरबमा सैनिक दस्ता पठाउने निर्णय गरेको छ । यसलाई इरानले रुचाइरहेको छैन ।

अमेरिकाले साउदी अरबमा सेना पाउने निर्णय गरेलगत्तै इरानले कडा चेतावनी दिएको छ । सलामीले भने, हामीलाई आक्रमण गर्नेलाई ध्वस्त नपारेसम्म चुप लाग्दैनौं । आक्रमणको कडा जवाफ दिइने उनले बताए ।

गत हप्ता साउदी अरबको तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भएको थियो जसको जिम्मेवारी यमनका हुथी विद्रोहीले लिएका थिए । तर, साउदी अरब यमनबाट नभई इरानबाट आक्रमण भएकोबारे अनुसन्धान गरिरहेको छ ।
एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्