Logo

ओली-प्रचण्डको प्रस्ताव वामदेवद्धारा अस्विकार, अब के हुन्छ ?



काठमाडौं, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपाध्यक्षमा प्रस्तावित वामदेव गौतमले अध्यक्षयद्ध केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले काँस्कीबाट चुनाव लड्न गरेको प्रस्ताव ठाडै अस्विकार गरेका छन् । आज बसेको सचिवालय बैठकमा उनले आफू चुनाव नलड्ने पक्षमा रहेकोबारे जानकारी गराएका थिए ।

लगत्तै, नेता गौतमले आफ्नो फेशबुक पेजमा लामो स्टाटस लेख्दै आफूले चुनाव नलड्ने घोषणा गरे । उनले कास्कीमा स्थानीय नेतालाई नै चुनाव लडाउनुपर्नेपनि आफ्नो राय पेश गरेका छन् ।

उनले फेसबुकमा जानकारीका लागि भन्दै यस्तो स्टाटस लेखेका छन्,”मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि । आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।”

उनले थप भनेका छन्,”यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया( १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्