Logo

म्यानचेस्टर सिटीले १८ मिनेटमा पाँच गोल गर्दै सानदार जित निकाल्यो



म्यानचेस्टर सिटीले १८ मिनेटभित्र पाँच गोल गर्दा वार्टफोड ८० को गोल अन्तरले पराजित भएको छ । शनिबार राति सम्पन्न प्रिमियर लिग फुटबलमा लिगको साविक विजेता सिटीले घरेलु मैदानमा सानदार प्रदर्शन गरेको हो ।

खेलको ५२ सेकेन्डमै डेभिड सिल्भाले गोल गरी खाता खोलेका थिए । सातौं मिनेटमा पेनाल्टीमार्फत् सेरगेई अगुइरोले गोल गरी अग्रता बढाए । महरेजले १२ औं मिनेटमा गोल गरे । ओटेमेन्डीले १८ औं मिनेटमा गोल गरेका थिए ।

खेलमा बरनारडो सिल्भाले ह्याट्रिक गरेका थिए । प्ले मेकर डि ब्रुनले ८५ ओं मिनेटमा गोल गरी आठ गोल पूरा गरेका थिए ।
जीतपछि सिटी शिर्षस्थानमा रहेको लिभरपुलमाथि दबाब ढाउन सकेको छ । उसको गोल अन्तर पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्