Logo

जेसिबीले ठक्कर दिँदा बालकको ज्यान गयो



दोलखा, ५ असोज । जेसिबीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको(सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको हो ।

बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा ४ असोजमा अपरान्ह् चार बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिंदा रोजनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

मृतक बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको र ठक्कर दिने बा ३ क १२०६ नम्बरको जेसिबी ब्याक लोडर सिङ्गटी प्रहरीको नियन्त्रणमा रहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्