Logo

मिस ग्रान्ड नेपाल–२०१९ विजेता मल्टिट्यालेन्ट



कमलपोखरीस्थित रसियन कल्चरल सेन्टर हलमा आयोजना भएको मिस ग्रान्ड नेपाल–२०१९ को उपाधि दमककी प्रीति पौडेलले हात पारेकी छिन् । प्रीतिलाई मिस टुरिज्म नेपाल २०१८ की विजेता आस्था साखले ताज लगाईदिएकी हुन् ।

आरके इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतिस्पर्धामा प्रीतिले मिस ट्यालेन्ट, मिस फोटोजेनिक अवार्डसँगै नगद ६० हजार, ५० हजार बराबरको गोल्ड थान्का प्राप्त गरेकी छिन् । उनी कम्पनी ब्रान्ड सहित यही अक्टोबरमा मलेसियामा हुने मिस टुरिजम इन्टरनेशनल–२०१९ लगायत अन्य इन्टरनेशनलमा सहभागी हुनेछिन् । मिस पूर्वाञ्चल मोडल आइकनको उपाधि जितेर प्रीति मिस ग्रान्ड नेपाल २०१९ को टप १६ मा सहभागी बनेकी थिइन् ।

नेपालको सेकेण्ड इन्टरनेशनल व्यूटी प्याजेन्ट प्रतिस्पर्धामा मिस ग्रान्ड स्क्यूवा नेपालः श्रद्धा सिलवाल, मिस ग्रान्ड ल्याण्डस्केपः अस्मिता ढुंगाना र मिस ग्रान्ड मल्टिनेशनल नेपालः आशा कार्कीले अवार्ड प्राप्त गरेका छन् । उपाधि विजेतालाई ५०/५० हजारको चेकका ५० हजार बराबरको गोल्ड थान्का दिइएको थियो ।

नेपालका मिस ग्रान्ड मल्टिनेशनल विजेता मलेसिया र मिस ग्रान्ड स्क्यूवा विजेता चीनमा हुने अन्तरराष्ट्रिय प्रतियोगीतामा सहभागी हुनेछन् ।

कार्यक्रममा रामहरी सिल्वाल, सरोज प्याकुरेल, मिस नेपाल सदिक्षा श्रेष्ठ, रेडियो नेपालका बरिष्ठ कार्यक्रम प्रस्तोता तथा गीतकार भरत बमजन र इम्पायर भिसा सर्भिसेशबाट प्रीति थापाले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्