Logo

ओली, प्रचण्ड र देउवा कसरी असफल भए ? राष्ट्रपतिमाथि यस्तो प्रहार (भिडियोसहित)



काठमाडौं, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद कृष्णभक्त पोखरेलले वर्तमान सरकार पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशाण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जुन उद्देश्य बोकेर सरकारमा आएको र जनताले जुन विश्वास दिएका छन् त्यो विश्वासमा आफूहरु सफल भएको उनको दाबी छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद सञ्जय गौतमले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने सुनौलो अवसर खेर फालेको आरोप लगाए । उनले भने, यो सरकारसँग राम्रो अवसर थियो । नेपालको ईतिहाँसमा दुई तिहाईको बहुमत प्राप्त गरेर नेकपाले गौरव हाँसिल गरेको थियो । तर, मलाई के लाग्छ भने अहिलेको सरकारले त्यो अवसर गुमायो ।



प्रतिक्रिया दिनुहोस्