Logo

प्रचण्डले बोली फेरे : प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन



सुनसरी, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको स्पष्ट पारेका छन् ।

थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका प्रचण्डले यस्तो बताएका हुन् । उनले भने ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो ।’

उनले अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो । यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ ।’

त्यस्तै, उनले अर्थ भौतिक होइन राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्ने धारणा राखे । उनले भने,‘भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहकै छ । संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा छन् ।’

आफूहरु अहिले सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेको पनि उनले सुनाए । उनले भने,‘यसलाई नयाँ शीराबाट गति दिने बारे छलफल भइरहेको छ । पार्टीलाई एकतावद्ध गर्ने विकास निर्माणका कामलाई गति दिने । सरकारले काम नै गरेन भन्ने कुरा सत्य होइन । थुप्रै मौलिक हक सम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सधार आयो । भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धी हो । चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot