Logo

दशैंको टिकट बुकिङ खुल्ला, बसपार्कमा भीड (फोटोफिचर)



काठमाडौं, ५ असोज । आजबाट दशैँमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी बसको अग्रिम टिकट बुकिङ खुला भएको छ।नयाँ बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्।

पुरानो बसपार्क भएर सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा जाने यात्रुलाई सम्बन्धित बस कम्पनीरसमितिले यसअघि नै टिकट बुकिङ प्रक्रिया सुरु गरिसकेका छन्।

तस्विरमा हेर्नुहोस टिकटको लागि लामबद्ध यात्रुहरु:

 

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्