Logo

यी खेलाडीले पाउने भए सुकीर्ति र जनसेवाश्री पदक



काठमाडौं, ५ असोज । सरकारले प्रदान गर्ने सुकीर्ति पदक तीनजना खेलाडीले पनि पाउने भएका छन् । उनीहरुको नाम संविधान दिवसमा घोषणा गरिएको हो ।

सुकीर्ति पदक पाउनेहरुमा पौडीकी गौरिका सिंह छिन् । उनले पौडीका विभिन्न विधामा राष्ट्रिय कीर्तिमानहरु बनाएकी छिन् । नेपालको पौडी इतिहासमा सिंहको नाम सुनौलो छ ।

यसैगरी, फुटबल खेलाडी टंकबहादुर काकी, पुरन राई र निरु थापाले पनि सुकीर्ति पदक पाउने भएका छन् । भलिबलकी रेश्मा भण्डारीको नाम पनि सुकीर्ति पदकमा छ । सृजना माया लामाको नाम पनि यही पदकमा छ ।

जनसेवा श्री पदक पाउनेमा ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटका सोमपाल कामी, अजय तामाङ र महिमा कोइराला परेका छन् ।

शरीरिक सुगठनका महेश्वर महर्जन र एथलेटिक्स खेलाडी अजितकुमार यादव पनि जनसेवा श्री पदक पाउने सूचीमा छन् । नेपाली फुटबल टोलीका पूर्व कप्तानसमेत रहेका महिला टोलीका प्रशिक्षक हरि खड्काको नाम पनि पदक पाउने सूचीमा छ ।



प्रतिक्रिया दिनुहोस्