Logo

राष्ट्रपति भण्डारीविरुद्ध तरुण दल सडकमा, दियो कडा चेतावनी



काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । आफ्नो पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता शेरबहादुर देउवालाई अमर्या्दित बोलेको भन्दै तरुण दलले विरोधको कार्यक्रम आयोजना गरेको हो ।

आज दिउँसो काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गरिएको हो । शुक्रवार राजधानीको राष्ट्रिय सभागृहमा गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएकी राष्ट्रपति भण्डारीले मंचमा वक्ताले बोलेको केही नबुझिएको टिप्पणी गरेकी थिइन् ।

यस्तो भनेकी थिईन राष्ट्रपति भण्डारीले :

देउवामाथि राष्ट्रपतिको व्यंग्य : ‘राम्रो बोल्नुभयो होला भन्ने चाहीँ लाग्यो, तर के बोल्नुभयो बुझिँन्’



प्रतिक्रिया दिनुहोस्