Logo

के गणतन्त्र खतरामा छ ? यसो भन्छन् विश्वप्रकाश शर्मा



ईलाम, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले इलामको साहित्यिक महोत्सवमा ‘के गणतन्त्र खतरामा छ ?’ भन्ने शीर्षकमाथि बहस गर्दै उहाँले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र विपक्ष भन्न नमिल्ने बताएका छन् ।

शनिबार यहाँ आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । शर्माले नेपालमा गणतन्त्रमाथि खतरा भएको बताउँदै वर्तमान सरकारले अनावश्यक आशङ्का गरेको आरोप छ भने ।

उनले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नाले गणतन्त्रको विषय प्रवेश गरेर ‘पानीमाथिको ओभानो’ हुन खोजेको शर्माले आरोप लगाए । शर्माले काङ्ग्रेस धर्म्निरपेक्षता र गणतन्त्र ल्याउन लडेको पार्टी भएकाले यसमाथि काङ्ग्रेस कटिबद्ध रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्