Logo

मोटरसाइकल चोरको गिरोह पक्राउ



मध्यपुरथिमि, ५ असोज । मोटरसाइकल चोरको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का विजय नेपाल रहेका छन् ।

भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित ठिमी स्थित महानगरीय प्रहरी वृत्तले आइतवार पक्राउ गरेको हो ।

त्यसैगरी सोही गिरोहका चाँगुनारायण नगरपालिका–१ दुवाकोटबेँसीका सुजन गुरुङ,दीपक अर्याल र सुजन थापालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्