Logo

“कबड्डी कबड्डी कबड्डी” को दुई दिने कमाई कति



रामबाबु गुरुङ निर्देशित चलचित्र “कबड्डी कबड्डी कबड्डी” ले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ । संविधान दिवसको अवसर पारेर ३ असोजमा देशभर प्रदर्शनमा आएको यस चलचित्रले मल्टीप्लेक्स र सिंगल थिएटर स्क्रिनमा दोस्रो दिन पनि आकर्षक व्यापार गरेको छ ।

चलचित्रले रिलिजको पहिलो दिन १ करोड ४७ लाख र दोस्रो दिन १.७८ करोडको ग्रस कलेक्सन गरेको छ । यसरी “कबड्डी ३” ले दुई दिनमा ३ करोड २५ लाखको व्यापार गरेको छ । नेपाली चलचित्र क्षेत्रमा चलचित्रको दास्रो दिनको कमाईले सबैभन्दा उच्च कलेक्सनको नयाँ रेकर्ड कायम गरेको छ ।

चलचित्र “कबड्डी कबड्डी कबड्डी” मा दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, लुनिभा तुलाधर, कविता आले, पुष्कर गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमनन्द रौनियारको लगानी रहेको छ । सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा निर्माण चलचित्रमा रुदेन सदा लेप्चा सह–निर्मातामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्