Logo

प्रेमिकालाई पानी मुनीबाट विवाह प्रस्ताव राख्दा युवकको डुबेर मृत्यु (भिडियोसहित)



यी युवकले प्रेमिकालाई पानी मुनी गएर विवाह प्रस्ताव राख्ने धोको राखे । पानीमुनी गए । आफूले लेखेर राखेको विवाह प्रस्ताव पानी मुनी पुगेर खुलाए । प्रेमिकाले हेर्न भ्याइन् तर उनको जवाफ प्रेमीले सुन्न र देख्न पाएनन् । विवाहको प्रस्ताव राख्दै औठी पनि पानीबाटै देखाएका थिए । प्रेमी प्रेमिकाको विवाह गर्ने सपना चकनाचुर भयो ।

विवाह प्रस्ताव राखेपछि युवकको डुबेर मृत्यु भएको छ । समुन्द्रको गहिराईमा युवक हराए । उनी फर्किएर आएनन् । यो घटना तान्जानियाको समुन्द्रमा भएको हो ।

अमेरिकी नागरिक स्टेभेन वेवर आफ्नी प्रेमिका केनेसा एन्टोइनको साथमा तान्जानियाको पेम्बा टापु पुगेका थिए । अमेरिकी मिडियाका अनुसार उनीहरु समुन्द्री तट नजिकैको पानीमा केही भाग मात्र डुब्ने काठको क्याबिनमा बसेका थिए । वेवर निकै उत्साही भए । प्रेमिकालाई सरप्राइज दिन्छु भने । उनी अचानक पानी भित्र पौडिएर पुगथे ।

बिहिबार पानी मुनी पौडिएर हातले लेखेको कागज देखाए । जसको भिडियो बनाए । कागजमा लेखिएको थियो, के तिमी मेरो पत्नी बन्न चाहन्छ्यौ ?… मसँग विवाह गछ्र्यौ ?

आफूले प्रेमिकालाई निकै माया गर्ने र विवाहको प्रस्ताव भन्न धेरै समय स्वास रोकिराख्न नसक्ने लेखेका थिए । प्रेमिकालाई अपार माया गर्ने र हरदिन माया गर्ने समेत लेखेका थिए ।

समुन्द्रको गहिराईमा पुगेर विवाहको लिखित प्रस्ताव पछि वेवर फर्किएनन् । उनी सदाका लागि बिदा भए ।

वेवर र एन्टोनी बसेको रिसोर्टले वेवरको निधन भएको सार्वजनिक गरेको छ । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

हेर्नुहोस् भिडियोः

Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्