Logo

अल्बानियामा भुकम्प आएको आयै



अल्बानियामा लगातार भुकम्प आएको आयै भएको छ । सबैभन्दा ठूलो ५.८ म्याग्निट्युडको भूकम्प गएपछि पराकम्प गएको हो । लगातारको पराकम्पका कारण त्यहाँ त्रास बढेको छ । भूकम्पका कारण ५२ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घाइतेहरुलाई अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ  ।

भूकम्पको प्रभाव अल्बानियाको राजधानी तिराना र पोर्ट सिटी दुर्रेस सम्म परेको छ । भुकम्पले भवनहरुमा बढी क्षति पुगेको छ । भुकम्पको केन्द्र बिन्दु दुर्रेस सहरबाट एक कि. मि पश्चिम तिर रहेको जनाइएको छ । भक्म्पले ३५ किलोमिटरको दुरीमा राजधानी तिरानालाइ केन्द्र बिन्दु पारेको थियो । अल्बानियाको नजिक रहेको ग्रीक सहर साथै अरु सहरहरु पनि प्रभावित भएका छन् । –एजेन्सी



प्रतिक्रिया दिनुहोस्