Logo

बिना शुल्क सँसारको अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमल



रिपोर्टर्स नेपाल, ५ असोज । सँसारको अग्लो भवन बुर्ज खालिफामा संविधान दिवसको राति शुक्रबार नेपालका झण्डा बिना शुल्क झलमलाइएको खुलेको छ । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले बिना शुल्क नेपालको झण्डा झलमलाइएको बताएका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् उनले बिना शुल्क झलमलाइएको खुलाएका हुन् । लाखौं रुपैयाँ खर्च गरेर झण्डा झलमलाइएको विषय उठ्न थालेपछि राजदूत ढकालले यसबारे प्रष्ट पारेका हुन् ।

यसअघि युनाइटेड अरब इमिरेट्सको समय अनुसार शुक्रबार ९ बजेर १० मिनेटमा बुर्ज खालिफाको भित्तामा नेपाली झण्डा झलमलाएको थियो ।

संविधान दिवसको अवसर पारेर बुर्ज खालिफामा नेपाली भण्डा भलमलाउने सूचना पाएर हजारौं नेपाली पुगेका थिए । उनीहरु देशको झण्डा पहिलोपटक बुर्ज खालिफामा देख्न पाउँदा उत्साही थिए । परदेशबाट देशलाई सम्झिरहेका थिए ।

भवनको आकर्षक प्रकाशमा नेपाली झण्डा खुबै सुहाएको थियो । संसारभरका मानिसहरुको हेर्ने चाहना र उत्सुकता रहेको भवनमा रातो र चन्द्र सूर्य अंकित नेपाली झण्डाले बुर्ज खालिफालाई अझ आकर्षक बनाइदियो । नेपालीहरुको उल्लेख्य उपस्थितिले वरिपरिको माहोल बदलिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्