Logo

मंगलग्रहको रोचक नयाँ तस्बिर आयो



मंगलग्रहको नयाँ तस्बिर सार्बजनिक भएको छ । जसलाई अहिले सम्म कसैले देखेको छैन । तस्बिर यूरोपियन स्पेस सेन्टर द्वारा सार्बजनिक गरिएको हो । मगलग्रहलाई रातो ग्रह भनेर चिनिने गर्छ । तर अहिलेको तस्बिर हेर्द्दा कुकिज र क्रिम जस्तो आकारको कारणले अब यसलाई रातो रंगको ग्रह भन्न नमिल्ने भएको छ । तस्बिरहरु उत्तरी क्षत्रबाट लिइएको छ ।

जाडोमा टिब्बालाई ढाक्न कार्बन डाइअक्साइडले मदत पुर्याउने गर्छ भने गर्मी मौसममा उक्त टिब्बमा परेको बरफ पग्लेर बाफ बन्न पुग्छ । यसले बरफ तह र बालुवा बीचका क्षेत्रहरूमा ग्यासलाई फसाउने काम गर्छ । उक्त ग्यास क्र्याकबाट फुट्छ र बालुवालाई हटाउने काम गर्छ । उक्त कारण यसले “कुकीज “ र क्रिम–शैलीको छविको भाग सिर्जना गर्न पुग्छ ।

नासाको मंगल पुनर्रचना ओर्बिटरले डेनियलसन क्रेटरबाट एक तस्बिर सार्बजनिक गरेको छ । नासले लिएको तस्बिर दक्षिणपश्चिमी क्षेत्रमा ४२ मिलको दुरीबाट लिएको हो । क्रेटरको तस्बिरले चट्टान र बालुवाको खुलासा गरेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्