Logo

पुरानो हरियो पोशाकमा जेनिफरको क्रेज (फोटोसहित)



अमेरिकन अभिनेत्री तथा चर्चित नायिका जेनिफर लोपेज अहिले उनको पहिरनले गर्दा भाइरल भएकी छिन् । इटालीमा भएको “भर्साचे स्प्रिङ २०२०” सहभागी हुँदा उनले लगाएको हरियो रङ्गको पोशाक भाइरल भएको हो ।

उनले सन् २००० को ग्रामीमा हरियो रङ्गको पहिरन लगाएकी थिइन् । उनले १९ वर्षपछि पूनः त्यस्तै परिस्कृत रङ्ग र डिजाइनको लुगा लगाएकी उनका प्रशंसकहरुले टिप्पणी गरेका छन् ।

५० वर्षिया जेनिफरले १९ वर्ष अगाडि आफ्नो पहिरनको तस्विरले गुगल इमेजेजको थालनी गराएकी थिइन् । भर्साचे ब्रान्डकै आधुनिक ढाँचा दिइएको उक्त लुगा लगाएको भिडियो अहिले सामाजिक सञ्जालमा २० लाख पटक भन्दा बढी हेरिएको छ । पहिला २००० मा पनि उनको तस्विरलाई गुगलमा खोजेर हेरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot