Logo

स्केटर ट्रुसोवाले जगीतोवाको विश्व रेकर्ड तोडे



रूसी फिगर स्केटर अलेक्जान्ड्रा ट्रुसोवाले निःशुल्क प्रदर्शन कार्यक्रम राखेर विश्वकिर्तिमान बनाएकी छिन् ।स्लोभाकियामा अन्तर्राष्ट्रिय स्केटिंग युनियन (आइएसयू) ओन्द्रेज नेपिला ट्रफीको प्री(सिजन टूर्नामेन्टमा कुल अंकको संख्यामा नयाँ विश्वकीर्तिमान स्थापित गरेकी हुन् । १५ बर्षीय ट्रुसोवाले कुल १६३.७८ अंक ल्याएकी छिन् । पुरा पूणांक २३८ .६९ को साथ् उनले कृतिमान राख्न सफल भएकी हुन् ।

अघिल्लो रेकर्डहरू २०१८ रूसी ओलम्पिक च्याम्पियन र विश्व च्याम्पियन एलिना जÞगीतोवाको१५८ .५० अंक र कुल २३८ .४३) रहेको थियो । उनले आफ्नो सबै प्रदर्शन निकै राम्रो गरेको कारण सफल भइन् । जुनिअर तहमा दुईवटा किर्तिमान बनाएकी छिन् । महिला एकल स्केटिंगको इतिहासमा पहिलो पटक, स्केटरले सफा शैली कार्यक्रममा तीन चौगुडी जम्पहरू सफा तरीकाले प्रदर्शन गर्न सक्षम भएकी छिन् । उनले २०१७–१८ मा भएको रुसी प्रतियोगितामा कुनै खले नहारेको बताएका छन् । यस जितको साथअलेक्जान्ड्रा ट्रुसोवाको क्यानेडा २५ र २७ ओक्टोबरमा हुने वयस्क ग्रान्ड प्रीमा सहभागी हुने ढोका खोलेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्