Logo

समताप मंडलको प्रदुषण नियन्त्रणको लागि बेलुन प्रयोग



समताप मंडल अर्थात् स्ट्रटोस्फीयरको प्रदुषण ट्र्याक गर्नको लागि बेलुन प्रयोग भएको छ । अनुसन्धान नासा र इसरोको संयुक्त समुहले गरेको छ । दुवै समुहले ट्रोपोपज एरोसोल लेयर कार्यक्रम अन्तर्गत गर्मी मौसममा प्लास्टिकको कण उत्पन्न किन हुन्छ र कहाँ सम्म पुग्छ भन्ने अध्यन गरिरहेको छ । यसले जल संसाधन, ओजोन, र मौसमको अध्यन गर्ने बताइएको छ । गर्मीमा, टोलीले ट्रेस ग्याँसहरू, एरोसोलहरू र आइस क्रिस्टलहरूको गुणहरूमा डाटा संकलन गर्ने छ ।

नासा लांगले अनुसन्धान केन्द्रका वैज्ञानिकहरू भारतको दक्षिण एसियामा आर्द्र मौसम र मुसलधारे वर्षा ल्याउने सक्रिय गर्मी र मनसुनको अवधिमा एसियाको प्रदूषण कसरी समतामण्डलमा पुग्नेबारे अध्ययन गरिदैछ । टाटा इन्स्टिच्युट अफ फंडामेन्टल रिसर्च बेलुन सुविधा सिकंदराबाद बटाल टोलीले विज्ञान पेलोडसहित दश वटा बेलुन उडानहरू गरेको छ । जमिनबाट स्ट्र्याटोस्फियरसम्मको तापक्रम, दबाब, ओजोन, नाइट्रोजन अक्साइड, पानी वाष्प र एरोसोलहरू नाप्ने र डाटा संकलन समेत गर्ने छ ।

उड्डयन ट्राफिकबाट बच्न, टोलीले करिब राति १ बजे बलुन पठाउने र रातभरि तथ्यांक संकलन गरिरहेका छन् । एयरोसोलहरूको उपस्थिति एशियामा मानसुनको समयमा माथिल्लो ट्रपोस्फीयरमा प्रायःहुने गर्छ । यसले निकै हानी पुर्याउने समेत बताइउको छ । कणको आकार कसरी एयरोसोलहरूको संरचनाले यस लेयरलाई प्रदुषण गर्दै छ भन्न बारे बेलुन पठाउने गर्छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्