Logo

अमेरिकामा मोदी क्रेज



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयु्क्तराष्ट्रसंघको महासभामा सहभागी हुनजानुपूर्व चासोमा परेका थिए । अमेरिकामा उनको आगमनलाई चासोका साथ हेरिएको थियो ।

मोदीको स्वागतमा भव्य कार्यक्रमको तयारी भयो । होस्टनमा मोदीले प्रवासी भारतीयलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधन तय भएको छ ।

मोदी र ट्रम्पले एउटै मञ्चमा प्रवासी भारतीयलाई सम्बोधन गर्ने कार्यक्रमलाई अर्थपूर्ण मानिदैछ । मोदी प्रवासी भारतीयहरुमाझ निकै लोकप्रीय छन् । आइतबार तय भएको कार्यक्रमलाई हाउडी मोदी नाम दिइएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्