Logo

साउदी राजकुमारको विशेष विमानमा इमरान पुगे अमेरिका



साउदी अरबसँग पाकिस्तानको विशेष सम्बन्ध छ । साउदीले इरानलाई आर्थिक सहयोग गर्दै आएको छ । साउदी राजकुमार मोहम्मद बिन सलमान पाकिस्तान भ्रमणमा जाँदा प्रधानमन्त्री इमरान खानले आफै विमानस्थल पुगी कारमा राखी होटल पुर्याएका थिए । उनले सलमानलाई विशेष स्वागत गरेका थिए ।

साउदीसँग पाकिस्तानको विशेष सम्बन्धको सन्देश यसरी देखिदै आएको छ जुन यसपटक फेरि प्रकट भयो । पाकिस्तानी प्रधानमन्त्री इमरान खान संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगे । उनी साउदी राजकुमार मोहम्मद बिन सलमानको विशेष विमानमा सँगै अमेरिका पुगेका हुन् ।

पाकिस्तानी टेलिभिजन दुनियाँ न्युजका अनुसार दुई दिवसीय साउदी अरबको भ्रमण पूरा गरी अमेरिका जाने क्रममा इमरान राजकुमार सलमानसँगै उडेका थिए । उनी शनिबार अमेरिका पुगेका छन् । उनलाई साउदी राजकुमारले आफूसँगै जान भनेका थिए । सलमानले विशेष अतिथि भएको भन्दै आफैसँग जान भनेका थिए ।

२७ सेप्टेम्बरमा इमरानले महासभालाई सम्बोधन गर्नेछन् । उनको अमेरिका भ्रमण सात दिनको हुनेछ । उनले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने तय भएको छ ।-एजेन्सी File Photo: Agencies



प्रतिक्रिया दिनुहोस्