Logo

तीन हात र चार खुट्टा भएको बच्चा जन्मियो



भारतमा तीनवटा हात र चारवटा खुट्टा भएको बालिकाको जन्म भएको छ । तिम्ल्याहा बच्चालाई जन्म दिएकी महिलाले दुईवटा जोडिएको बच्चालाई जन्म दिएकी हुन् । जोडिएका कारण बालिकाको बढी संख्यामा हात र खुट्टा रहन पुगेको हो ।

बालक स्वस्थ छन् भने बालिकाको शल्यक्रिया गरेर बढी भएका हात र खुट्टा निकाल्ने बताइएको छ । राजस्थानको टोन्कमा बच्चालाई जन्म दिने २४ वर्षीया महिला राज गुरजरको अवस्था सामान्य छ ।

चिकित्सकले बालिका जोडिएका जुम्ल्याहा भएको बताएका छन् । मेडिकल जाँच नगरिएकाले जन्मेपछि मात्र तीनवटा बच्चा पेटमा थियो भन्ने पत्ता लागेको हो । राजु र उनका पति सामान्य श्रमिक हुन् ।-एजेन्सी Photo Source: carters



प्रतिक्रिया दिनुहोस्