Logo

तनहुँमा जागरण अभियानको दोस्रो चरण ७ गते समापन हुँदै



तनहुँ । नेपाली कांग्रेसको राष्टिय जागरण अभियान अन्तरगत दोस्रो चरण चलिरहेको छ । अभियान अन्तरगत कांग्रेस जिल्ला कार्यसमिति तनहुँले यही असोज ७ गते सदरमुकाम दमौलीमा समापन समारोह गर्ने भएको छ ।

दमौलीस्थित वीपी स्मृति भवनमा समापन समारोह गर्न लागिएको तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।
समापन समारोहमा उपस्थितीका लागि गुरुङले सबैलाई आग्रह पनि गरेका छन ।

तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङ

यसअघि तनहुँको २ वटा निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८५ वटा वडामा दोस्रो जागरण अभियान सकिएको छ ।



प्रतिक्रिया दिनुहोस्