Logo

नेकपाभित्र चीनमोह



काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीभित्र चीन मोह बढ्दै गएको छ । सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युृनिष्ट पार्टी बीच निकटता हुनुलाई सामान्य मानिन्छ । तर, विगतमा भन्दा अहिले नेकपाका नेताहरु चीन आवत्जावत बाक्लिएको मात्र छैन दुवै पार्टी बीच समन्वय र कार्यक्रम समेतमा वृद्धि हुनथालेको छ ।

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त प्रशिक्षण सोमबार साँझबाट काठमाडौंमा हुँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओ प्रशिक्षणका लागि नेपाल आइसकेका छन् । प्रशिक्षणमा नेकपाबाट दुई सय जना सहभागी हुँदैछन् भने चिनियाँ कम्युनिष्ट पार्टीबाट ४० जना सहभागी नेपाल आइसकेका छन् । नेकपाबाट प्रशिक्षणमा सहभागी हुन धेरैको दौडधुप चलेको थियो । अन्तिम समयमा दुई सय जना छानिएका थिए । छनोटमा समेत विवाद भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीसँग नजिक बन्न नेकपाको नेताहरुको प्रतिष्पर्धाका रुपमा यसलाई लिइएको छ ।

चीनले विश्वभर प्रभाव बढाउँदै जाँदा चिनियाँ कम्युनिष्ट पार्टीसँग संयुक्त प्रशिक्षणलाई अर्थपूर्ण मानिएको छ । नेपालमा नेकपाको नेतृत्वमा दुई तिहाईको सरकार छ भने चीनमा एकदलीय चिनियाँ कम्युनिष्ट पार्टीको शासन छ ।

चीन विश्वकै धनी देश बन्न गइरहेको अवस्थामा नेपालसँग जोडिएको कारण उसको प्रभाव रहेको छ । यसैलाई मध्यनजर गरेर नेकपाभित्र चीनसँग नजिक बन्ने प्रतिष्पर्धा चलेको हो । तस्बिर स्रोतः नेकपाको वेवसाइट



प्रतिक्रिया दिनुहोस्