Logo

निमार बार्सिलोना नजाने भएपछि मैदानमा उत्रिएकै दिन गरे अन्तिम समयमा गोल



समय सकिनै लागेको थियो । खेल बराबरीमा जाने देखिदै थियो । तर, ब्राजिली स्टार निमारले आफू संसारको उत्कृष्ट खेलाडी भएको प्रमाण फेरि प्रस्तुत गरे ।

फ्रान्सेली फुटबल लिग १ मा गएराति भएको खेलमा लियोनविरुद्ध ९२ औं मिनेटमा गोल गरी टोलीलाई महत्वपूर्ण अंक दिलाए । जीतपछि निमारको क्लब पेरिस सेन्ट जर्मेन १५ अंकसहित शिर्षस्थानमा छ ।

बार्सिलोनामा फर्कने हल्लाका कारण निमारले अघिल्ला पाँचवटा खेल खेलेनन् । तर, २७ वर्षीय स्टार पिएसजीमै रहने संकेत देखिएको छ । उनी गएराति मैदानमा देखिएपछि बार्सिलोना जाने चर्चा सेलाएको छ ।



प्रतिक्रिया दिनुहोस्