Logo

आर्सनलको भिल्लामाथि कठिन जीत



दुईपटक पछि परेको स्थिति उल्टाउँदै आर्सनलले एष्टन भिल्लामाथि ३-२ को जित निकालेको छ । गएराति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलका लागि ५९ औं मिनेटको पेनाल्टी फलिफाप भयो ।

पेपेको पेनाल्टी गोलले बराबरीको स्थिति बदल्ने क्रममा एष्टन भिल्लाका वेसलीले ६० औं मिनेटमा गोल गरेका थिए । तर, खेल एष्टन भिल्लाले जित्ने अवस्था बन्दै जाँदा आर्सनलले कडा आक्रमण गर्न थाल्यो । फलस्वरुप खेलको ८१ औं मिनेटमा च्याम्बरसले र ८४ औं मिनेटमा औबामियाङले गोल गरी टोलीलाई जिततर्फ पुर्याए ।

खेलमा पहिलो अग्रता भिल्लाका लागि म्याकगिनले गोल गरी बनाएका थिए । Photo Source: dailystar



प्रतिक्रिया दिनुहोस्