Logo

“नेपाल आइडल ३” का टप ३ लाई वर्ल्ड टुर



गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको तेस्रो सोका टप ३ लाई वर्ल्ड टुर गराउने भएको छ । ब्रोडकास्टिङले राजधानीमा भएको एक कार्यक्रमको आयोजना गर्दै आधिकारिक घोषणा गरेको हो ।

गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गृष्मा ब्रोडकास्टिङले हस्ताक्षरसँगै टप ३ को ग्राण्ड फिनाले आयोजना गर्ने भएको छ ।

गृष्मा ब्रोडकास्टिङले उनीहरुको वर्ल्ड टुरसंगै एक वर्षसम्मको सम्पूर्ण दायित्व बहन गर्नेछ । मुनलाइट्स रेकर्ड्ससँगको सहकार्यमा गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन २ का विजयी टोलीलाई अमेरिकामा टुर समेत गर्दैछ । गृष्माले नेपालसँगै विदेशमा पनि विभिन्न इभेन्टहरु गर्दै आएको छ । “सप्तरंग” को सफलतापछि यसको दोस्रो सिजनलाई समेत गृष्माले नोभेम्बरमा गर्ने भएको छ ।

नेपाल आइडल एउटा साङ्गीतिक रियालिटी सो हो । यसले नेपालको साङ्गीतिक क्षेत्रमा एउटा नयाँ र फरक सुरुवात गरेर सफलता पूर्वक आफ्ना दुई सिजन सम्पन्न गरिसकेको छ । नेपाल आइडल टिम यतीबेला तेस्रो सिजनको तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्