Logo

रियलको कठिन जितमा बेन्जामाको गोल



रियल मेड्रिडले ला लिगा फुटबलमा अपराजित यात्रालाई कायमै राख्ने क्रममा सेभिल्लामाथि कठिन जित निकालेको छ । गएराति भएको खेलमा बेन्जामाले ६४ औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका हुन् ।

जिनेदिन जिदानको टोलीले सेभिल्लालाई उसकै मैदानमा पराजित गर्न निकै संघर्ष गर्नुपरेको थियो । पहिलो हाफ बराबरी भएपनि दोस्रो हाफमा दुवै टोलीले आक्रमण बढाएका थिए । रियलले भिल्लाका आक्रमणहरुलाई निस्तेज पादै १-० को जित हासिल गरिछाड्यो ।

जितपछि रियल ११ अंकसहित दोस्रो अंकमा उक्लिएको छ । च्याम्पियन्स लिगमा पिएसजीसँग ३-० को हार व्यहोरेपछि लिगमा फर्किएको रियलको यो महत्वपूर्ण जित हो । Photo Source: skysports



प्रतिक्रिया दिनुहोस्