Logo

‘पशुपतिको पूजारी बदल्नुपर्छ’ (दीपशिखाको अन्तवार्ताको भिडियोसहित)



काठमाडौं, ६ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले पशुपतिको पूजारी बदल्नुपर्ने माग राखेका छन् । उनले पशुपतिमा सबै पूजारी नेपाली नै हुनुपर्ने भन्दै पूजारी बदल्ने माग यताउता नहुने बताए ।

प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा आइतबार राति अन्तवार्ता दिदै पशुपति नेपालको भएकाले नेपाली पूजारी हुनुपर्ने जिकिर गरे । उनले भने, ‘पशुपति हाम्रो हो र पूजारी हाम्रो हुनुपर्छ ।’ विगतमा पशुपतिको पूजारी बदल्नुपर्छ भन्दा विरोधमा नाराजुलुस लगाउनेहरु समेत भएको भन्दै त्यस्तो गतिविधि आलोचित भएको बताए ।

विगतमा माओवादीले सरकारको नेतृत्व गर्दा पशुपतिको पूजारी भारतीय भट्ट बदल्दा विरोध भई पुरानै प्रथा कायम राखिएको अवस्थामा सत्तारुढ नेकपाको भातृ संगठनका नेताको भनाई आएको हो ।

दीपशिखाले राज्यको पुर्नसंरचनामा सेना र अदालत पनि पर्ने भन्दै सबै क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए । उनले भने, ‘गणतन्त्रलाई स्वीकार्य हुने परिस्थिति बनाउन्ुपर्छ ।’

देशमा गणतन्त्रको विरोधमा बोल्न नपाइने तर राजसंस्थाको परिकल्पना नगर्न भने । उनले भने,‘ज्ञानेन्द्र को हो ?’

तस्बिरः दीपशिखाको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्