Logo

सन् २०२० मा पनि ट्रम्प राष्ट्रपति बन्ने मोदीको विश्वास, अमेरिकामा हलचल



काठमाडौं, ६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामै पुगेर अबको चुनावमा फेरि डोनल्ड ट्रम्पले जित्ने विश्वास व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका मोदीको सम्मान अमेरिकामा बसोबास गर्ने भारतीयहरुले आयोजना गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् ।

’हाउडी मोदी ! ’ नाम दिईएको उक्त कार्यक्रम ह्युस्टनको एनआरजी ग्राउन्डमा भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पसँग एउटै मञ्च सेयर गर्दै मोदीले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि ट्रम्प सरकार बन्ने विश्वास व्यक्त गरे। अमेरिकालाई फेरि महान बनाउने सपना देखेको ट्रम्पको संकल्पको प्रशंसा गर्दै मोदीले भने,’ अबकी बार ट्रम्प सरकार।’  PHOTO SOURCE: BBC



प्रतिक्रिया दिनुहोस्