Logo

‘दशैंमा २० लाख यात्रुलाई टिकट दिलाएरै छाड्छौं’



यातायात व्यवसायी महासंघका महासचवि सरोज सिटौलासँग यातायात क्षेत्रमा लामो अनुभव छ । सार्वजनिक यातायातको विकास र सेवाका क्षेत्रमा उनी अहोरात्र खटिइरहन्छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

टिकट वितरणमा किन समस्या भएको ?
नेपालीहरुको महान पर्व वडा दर्शैलाई लक्षित गरेर हिजोबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । यस पालिको चाडवर्षको टिकट वितरणमा व्यवस्थित गर्ने भनेर भदौ २६ गते निर्णय भयो । सदाको जस्तो धेरै बैठक पनि बसेनन् । टिकट वितरण प्रक्रिया हिजोबाट सुरुवात भएको छ । सुरुको दिन केही भिडभाड त भइहाल्छ । त्यस्तो अव्यवस्थित छैन । टाढाटाढाका रुटमा चल्ने काउन्टरहरुमा अलि बढी भीड देखिएको हो । अब अरु व्यवस्थित गर्ने प्रयास गर्नेछौं । सकेसम्म हामी धेरै ठाउँमा काउन्टर खडा गरेर व्यवस्थित गरेका छौं ।
तपाईंहरुले राम्रो गरेका छौं भने पनि यात्रीहरुले सजिलै टिकट पाएका छैनन् नि ?
सबै नेपालीलाई आफ्नो घरमा पुगेर दशैं मान्ने वातावरण बनाएरै छाड्छौं । दशैंको टिकटलाई व्यवस्थित गर्न हामी बिहानदेखि खटिरहेका छौं । हामीले विभिन्न सञ्चारकर्मीहरुले बोलाएको ठाउँमा तुरुन्तै गएर जानकारी दिएका छौं । त्यसमा देखिएका समस्या र भएका प्रगतिको बारेमा भनेका छौं ।
सञ्चारकर्मीलाई भेटेर मात्रै भएन नि यात्राहरुलाई टिकट मिलाउने व्यवस्था गर्नुसन् ?
अनलाइन प्रविधिको सिस्टम सरकारी तहबाट बनाइएको भए सबैले घरघरबाट टिकट काट्नु हुन्थ्यो । पश्चिम क्षत्रको टिकट काउन्टर एकै ठाउँमा परेकाले भीड देखिएको हो । यात्रुहरुले केही बेर लाइन बसेर प्रतिक्षा गर्नुपर्ने भएको हो । यसलाई अझ बढी सुधार गर्न हामी लागिरहेका छौं । हिजो मात्रै हामीले यातायात व्यवस्थाका डिजीसँग पनि कुरा गरेको छौं । यातायातलाई चाडपर्व कसरी व्यवस्थित गर्ने भनेर । अधिकतम सहजीकरण गरेर नारिकहरुलाई टिकट दिने वातावरण बनाउनुपर्छ भनेर हामी लागेका छौं ।
नेपाली जनताले सजिलै टिकट नपाउने किन ?

यो रेडियो एनआरएनबाट म जानकारी दिन चाहन्छु । सबै नेपालीलाई टिकट व्यवस्था गरेरै छाड्ने । त्यसको लागि म रातदिन खटेर लागेको छु । हामीलाई अहिले व्यवस्थापन गर्न गाह्रो भएको कारण यो पनि हो हिजोका दिन यातायात व्यवसायीहरु एकढिक्का भएर गाडी सञ्चालन गरेका थिए । आज एउटा–एउटा गाडीले पनि कम्पनी खडा गरेका छन् । त्यसलाई तिनीहरुलाई व्यवस्थापन गर्न कठिनाई भएको हो । यो हुँदाहुँदै पनि गाडीमा टिकट नपाएर घर जान पाइँन आफ्नोजनको हातको टिका लगाउन पाइँन भन्ने वातावरण बनाउँदैनौं । हो, कलेज, स्कुलका छात्रछात्रा, अफिसका कर्मचारीहरुको लागि बिहानै गएर टिकट लिन खोज्दा ठूला लाइन देखिएको हो । यसलाई खुसी त उत्साहजनक मान्नुपर्छ । पहिलो दिन भएकाले हिजो अभि बढी भीड देखिएको छ । त्यसलाई अझ व्यवस्थापन गर्न हामी लागिरहेका छौं । हिजोको भन्दा आज घटेको छ ।
तपाईंले त्यसो भनिरहँदा यात्रुहरु रातभरि लाइन बस्नुपरेको गुनासो गर्दैछन् नि ?
त्यस्तो भएकै छैन । हामीले धेरै व्यवस्थित गरेका छौं । उहाँहरु बिहान चाँडै आउनुभएको हो । हामीले बिहान ६ बजेबाट टिकट खुल्ला भनेका छौं त्यसैले हो । दिउसो काममा जानुपर्ने भएकाले बिहान सबै एकैचोटी आउने भएकाले भीड देखिएको हो । आजबाट धेरै कम छ ।
मिडियामा एउटा कुरा गर्ने व्यवहारमा अर्को गरेर किन जनतालाई दुःख दिनुहुन्छ ?
हामीले उच्च मनोबलका कारण काम गरेका छौं । यात्रुहरुले टिकट हातमा लिएर मात्रै हुँदैन । त्यही दिन टिकट व्यवस्था गरेर पनि जान पाउनुहुन्छ । खाली जथाभावी टिकट लिएर मात्रै हुँदैन । सहमयमा सेवा पनि दिन सक्नुपर्छ । हामी अभैm पनि देशका जति ठाउँका लागि टिकट काटिएका छन् । ती सबै ठाउँमा गाडी पुग्छ भन्नेमा । किन भने वर्षाले कति बाटो भत्काएको छ । कति खाल्टाखुल्टी बनाएको छ । यातायात व्यवस्था मन्त्रीले १० गतेभित्र देशभरका खाल्टाखुल्टी पुर्ने काम सक्छौं भनेर । अहिले गाडीहरु बाटोका कारण ८÷१० घण्टा ढिला आइरहेका छन् । अब दशैंको भीडमा कस्तो हुन्छ ? खाली काठमाडौंबाट सुगम र शहर बजारमा मात्रै लगेर हुँदैन । विकट पहाडी जिल्लामा जानुपर्ने हुन्छ । साँघुरा बाटा छन् । त्यसमा पनि वर्षाका कारण कति ठाउँमा पहिरोले गाडी छिराउन मुस्किल पर्ने भत्केको छ ।
जनताले खुःख पाउनुभएन नि ?
पहिला एउटा क्षेत्रको एउटै कम्पनीले हेर्ने भएकाले व्यवस्थापन गर्न केही सजिलो थियो । अहिले एउटा–एउटा बस भएकाले पनि छुट्टै कम्पनी खडा गरेर चलाएकाले व्यवस्थापन गर्न कठिनाइ भएको छ । त्यो चुनौतिको समाना गर्न समय लाग्ने भएको हो । अर्को यसपटक नयाँ गाडीहरु आएनन् । बैंकको ऋण तरलता भयो । बैंकहरुले ब्याज बृद्धि गरेका छन् । यहाँ बुझ्नुपर्ने कुरा के भने पहिलो जुन व्यवस्थापनले गाडी चलेको थियो । त्यसलाई रुपान्तर गरेर सबै छिन्नभिन्न भएका छन् । त्यसलाई समेट्न चुनौति देखिएको हो । बाटोको राम्रो व्यवस्था नभएकाले यातायात व्यवसायीले लगानी गर्न उत्सादेखाएनन् । दूर्घटना बीमामा पनि समस्या देखियो । त्यसले लगानीकर्ता आकर्षित हुन छोडेका छन् । नयाँ गाडीहरु नआए पनि उपलब्ध यातायातका साधनले अधिकतम व्यवस्थापन गरेर सुवा चुस्त बनाउने प्रयास गर्ने छौं । घटस्थापनादेखि ठूलो भीड हुनथाल्छ । १५÷२० दिनको बीचका १८÷२० लाख मान्छेलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ । त्यसलै पनि भीड देखिएको हो यसलाई सामान्नीकरण गर्न अधिकतम प्रयास गरिरहेका छौं । केही खहरेखोला उर्लेको जस्तो हुन्छ । तर यसलाई व्यवस्थापन गर्न हामी अहोरात्र खटिरहेका छौं । यातायात व्यवसायीका कर्मचारी, व्यवसायीहरु पुरै लागेर खटिरहेका छन् । लाइनमा यात्रुहरुलाई केही कठिनाइ भएको छ । त्यसलाई कसरी सरलीकरण गर्न सकिन्छ ? भनेर हामीले हिजो पनि छलफल गरेका छौं ।

यो दशैंमा कति जनता उपत्यकाबाट बाहिरिँदैछन् ?
नेपालीहरुको महान् पर्व, विजया दशी, शुभ दीपावली र छठ पर्व मान्नका लागि देश र विदेशबाट आउनेको गरी झन्डै १८-२० लाख यात्रुहरु विभिन्न नाकाबाट बाहिरिने अनुमान गरिएको छ । ती यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्नको लागि उपत्यकाका चारै नाकामा व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण मिलाएका छौं । पूर्वतिर जाने बीवी राजमार्ग जहाँबाट धेरै यात्राहरु जाने भएकाले त्यसलाई अझ बढी व्यवस्थापन गर्ने योजना बनाएका छौं । सबै यात्रुहरु फुलपाती, घटस्थापना पखेर नबस्नोस् । किन भने अहिले गाडीहरु खाली नै छन् । खाली एकैचोटी फुलपाती, घटस्थापना पखेर बस्नेकारणले भीड भएको हो । यसपटक नयाँ गाडी नथपिए पनि यिनै गाडीले व्यवस्थापन गर्ने भएकाले धेरै चुनौति छ । त्यसैले फुर्सद हुनेहरु पहिल्यै घर गइदिनुहोला भन्ने अनुरोध छ । अब विद्यार्थी जसको जाँच छ, कर्मचारी जो नभइहुँदैन, व्यापारी जसले पसल खोल्नैपर्छ । बाहेक अरु फुर्सदमा हुनुहुन्छ छिट्टै घर गइदिए राम्रो हुन्छ । व्यवस्थापनको लागि हामी दत्तचित्त भएर लागेका छौं । कसेसम्म व्यवस्थापनलाई चुस्त बनाउन । ट्राफिक व्यवस्थापन पनि राम्रो हुनुपर्छ । टिकट मात्रै दिएर पनि हुँदैन । समयमा गाडी आइपुगेन भने झन बबाल हुन्छ । त्यसलाई मध्येनजर गर्नुपर्छ हामीले । गृहमन्त्राले हिजोबाट ट्राफिक व्यवस्थापनका लागि सहयोग गर्न ५ सय युवालाई खटाइएको छ । अधिकतम यात्रुहरुलाई ‘सुक्षित यात्रा, हाम्रो अभियान’ भन्ने नारासहित अगाडि बढेका छौं । यातायातलाई व्यवस्थित बनाउन नयाँ बसपार्कमा कार्यक्रम नै गरेका छौं ।
अहिले देशभर सडकको अवस्था कस्तो छ ?
हाम्रो पहिलो कामना छ । यो दशैंमा एउटा पनि गाडी दुर्घटनामा नपरोस् । एउटा पनि यात्रुले दुःख नपाउन् । पहाडी दुर्गम ठाउँहरुमा बाटो बिग्रिएर गाडी जान नसक्ने ठाउँछन् । बरु छिट्टै कुन ठाउँसम्म पुगिन्छ जाने अप्ठ्यारामा जबरजस्ती नगर्ने बरु यात्रुहरु हिडेर पनि जानुपर्ने हुन्छ । जबर्जस्ती गर्दा धेरै ठाउँमा दूर्घटना भएका छन् । हामीले देशभरीको बाटोको बारेमा बुझिरहेका छौं । यही काठमाडौंभित्रकै बाटोहरु भास्सिएर हिड्नै नहुने भएको छ । उपत्यकामा त यस्तो समस्या छ भने बाहिरका बाटोको हालत के होला ? त्यसैले टिकट पाउँदैमा लिँदैमा ढुक्कले पुगिन्छ भन्ने होइन सबैभन्दा पहिला बाटो, जाने गाडी, त्यसलाई सञ्चालन गर्ने व्यवसायी तिनै चिज तयार भएर लागेपछि मात्रै सफल यात्रा हुन्छ ।
यसपालिको देशैंमा कति जति बस थप्दै हुनुहुन्छ ?
हिजोबाट ३ सयवटा गाडीहरु थपिएका छन् । सामान्य दिन ४÷५ वटा चल्ने ठाउँमा ७÷८ वटा बनाइएको छ । यात्रुको चाप हेरेर गाडीको व्यवस्था मिलाइएको छ । यात्राको बढ्दै गएमा अभैm गाडीहरु थप्ने योजना छ । सुदूपश्चिमका अधिकांश ठाउँमा बाटोका कन्फिडेन्स छैन । जब सिन्डिकेटको सिस्टमबाट बाहिरिएपछि देशभरी गाडीहरु छताछुल्ल छन् । तिनीहरुलाई कन्ट्रोल गर्न गाह्रो परिरहेको छ । गाडी कन्ट्रोलनमा नहुँदा केही समस्या देखिएको छ । बोलेरमा मात्रै होइन, काम गरेर साच्चिकै नेपाली यात्रुहरुलाई चाडमान्नबाट बिखुम बनाउँदैनौं ।
हिजो पहिलो दिन कति टिक बिक्री भए ?
हिजो मात्रै पूर्वदेखि सुदूरपश्चिमसम्म गरी झन्डै एक लाखको हाराहारी टिकट बिक्री भएको छ । त्यसैगरी पुरानोबसपार्क, चाबहिल, कोटेश्वरलगायतका ठाउँबाट पनि धेरै टिकहरु अग्रिम बुकिङ भएका छन् । लामो मात्रै होइन छोटा रुटका गाडीहरु पनि अग्रिम बुकिङ भएका छन् । हिजो कति टिकट गयो भनेर ठ्याक्कै वैज्ञानिक डाटा हामीले पाइसकेका छैंनौं तर मान्छेको भीड देख्दा त्यति यात्रुले टिकट लिइसकेका छन् । अबको एक्काइशौं शताब्दीमा अनलाइन सिस्टममा जानैपर्छ । नेपालभरि चल्ने सावारी साधनलाई अनुरोध गर्दछु । तपाईंहरुका सवारी सधानलाई व्यवस्थित ढंगले चलाउने वातावरण हामी मिलाउँछन् । स्थानीयमा चलाएर बाँकी रहेका देशभरका सवारी धान उपत्यका ल्याउनुहोस् । बिचौलीयाबाट नगिनका लागि यात्रुहरुलाई अनुरोध गर्दछौं । यात्रुहरुलाई अनुरोध छ । तपाईंहले काटेको टिक, सिट ठीक छ कि छैन भनेर एकिन गर्नुहोला । भीडभाडमा गल्ती पनि हुन सक्छ । टिक गोजीमा हाल्दैमा ढुक्क भएर नबस्नुहोला । टिकट काट्नेले पनि गाडी जान कमफम भएका स्थानसम्मको मात्र टिक काटिदिनुहोला । जसले गर्दा यात्रुलाई अलमल नहोस् । बीचौलीयाहरुलाई सचेत गराउन गृहमन्त्रालयमार्पmत नेपाल प्रहरीलाई अनुरोध गरेका छौं । गाडीको मापदण्ड ४ वटा छन् । त्यस अनुसारको तोकिएको भाडादरमा बढी नलिन अनुरोध गर्दछु । यातायात व्यवसायीलगायत यससँग सम्बन्धित सबैलाई सम्मेमित भएर व्यवसाय गर्न आग्रह गर्दछु । अर्को यात्रुहरुले खाना खाने होटेलहरुलाई पनि लाग्दोमात्र लिन अनुरोध गरेका छौं । यातायात व्यवसायी र होटेलवालाहरुको मिलेमतो भयो भन्ने जुन गुनासाहरु छन् । त्यसमा पनि सम्बन्धित व्यवसायीहरु सचेत भइदिनुहुन अरोध गर्दछु । फोहोर पानी, खाना, बासी खाना खुवाउने गुनासाहरु आएका छन् त्यसलाई ध्यान दिनुहोला । ग्राहक तपाईंहरुका लक्ष्मी हुन् तिनलाई राम्रो व्यवहार गर्नुहोस् । File Photo



प्रतिक्रिया दिनुहोस्