Logo

प्रतियोगिता भाग लिन नेपाल गोजुकाइ कराते डो संघ फिलिपिन्स प्रस्थान



काठमाडौं, ६ असोज । फिलिपिन्सको सिबुमा आयोजना भैरहेको सातौ एसिया प्यासेफिक गोजु-काई कराते प्रतियोगिता तथा टेक्निकल सेमिनारमा सहभागी हुन नेपाल गोजुकाइ कराते डो संघ त्यसतर्फ प्रस्थान गरेको छ।

सेप्टेम्बर २१ देखी अक्टोबर ०१ सम्म आयोजना हुने उक्त प्रतियोगिताको टिम म्यानेजर अशु राज श्रेष्ठ रहेका छन् भने टिमकोच अच्युत राज उप्रेती छन् । नेपालबाट उक्त प्रतियोगितामा इन्द्र बहादुर शाही खड्गे, राकेश राजबंशी र सिर्जना दाहाल रेफ्रीको भूमिकामा रहने छन् ।

खेलाडीहरु संजय तामाङ र अनुरती कार्की कार्कीले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन| प्रतियोगिता  २०१९ सेप्टेम्बर २१ देखी सुरु भएर अक्टोबर ०१ मा समापन हुने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्